रोल्पा । रोल्पामा १८ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन् ।
जिल्लाको सुनिलस्मृति गाउँपालिका–१ घोडागाउँ बस्ने ६३ वर्षीय शेरे कामी शुक्रबार दिउँसो पक्राउ परेका हुन् ।
कामीले ती किशोरीलाई सोही ठाउँस्थित पाखोबारीमा लागि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय खुङ्ग्रीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ ।

