फरार प्रतिवादी १४ वर्षपछि पक्राउ

परासी । पश्चिम नवलपरासी प्रहरीले सर्वस्वसहित जन्मकैद फैसला भएका एक जना फरार प्रतिवादीलाई १४ वर्षपछि पक्राउ गरेको छ ।

२०६६ साल असोजमा गुठीप्रसौनीका अरबिन्द राजभरको हत्या गरेर फरार रहेका पश्चिम नवलपरासीको प्रतापपुरका ५६ वर्षीय नौमीप्रसाद राजभर पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहोराका अनुसार व्यक्ति हत्या गरेर नाम परिवर्तन गरी भारतमा बस्दै आएका राजभरलाई नेपाल भारत सिमावर्ती पाल्हीनन्दन गाउँपालिका १ महेसपुरबाट पक्राउ गरेको हो ।

राजभरलाई जिल्ला अदालत परासीमा पेस गरिएको प्रहरीले जनाएको छ । आफन्तीको जग्गा किनाइदिने बहानामा ४ लाख रुपैयाँ लुटपाट गरेर हत्या गरेको कसुरमा जिल्ला अदालत परासीले जन्मकैद फैसला गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?