बुटवल । कपिलवस्तुमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका–१० घर भई कपिलवस्तुको कृष्णननगर नगरपालिका–९ बहादुरगञ्जस्थित नारायणी आँखा अस्पतालमा कार्यरत ल्याब टेक्निसियन ३३ वर्षीय देवराज देवकोटाको आइतबार करेन्ट लागेर मृत्यु भएको हो ।
अस्पताल संचालक समितिका सदस्य सुरेन्द्र खड्काका अनुसार आइतबार बेलुका सवा ६ बजेतिर काप्रो टिप्न भनेर रुखमा चढेको समयमा रुखको हाँगा लच्किएर बिजुलीको हाइटेन्सनलाई छोइएपछि देवकोटालाई करेन्ट लागेको थियो ।
करेन्ट लागेपछि उनी रुखबाट भूइमा खस्नासाथ उद्धार गरी मेडिकल कलेज भैरहवा लैजाने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

