back to top

मुख्यमन्त्री अन्तरप्रदेश राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिता हुने

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । पश्चिम नवलपरासीमा भोलिदेखि मुख्यमन्त्री अन्तरप्रदेश राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिता हुने भएको छ । प्रतियोगितमा सातवटै प्रदेशबाट खेलाडी सहभागी हुने आयोजक जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी तथा टोली २२ अप्रिलदेखि बङ्गलादेशमा हुने बङ्गबन्धु कप प्रतियोगितामा भाग लिने प्रमुख प्रशिक्षक विष्णुदत्त भट्टले जानकारी दिए । पश्चिम नवलपरासी कबड्डीको लागि उर्वरभूमि भएकाले प्रतियोगिता यहाँ सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रत्येक प्रदेशबाट १२ खेलाडिसहित प्रशिक्षक र व्यवस्थापक गरी कूल एक सय २९ जनाको सहभागी हुने समितिका अध्यक्ष रितमानकामु मगरले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा रु ३२ लाख खर्च हुने अनुमान गरिएको छ ।

प्रदेश खेलकुद परिषद् लुम्बिनीको मुख्य प्रवर्द्धन, लुम्बिनी प्रदेश कबड्डी सङ्घको समन्वय र कबड्डी सङ्घ नवलपरासीको सहआयोजनामा सञ्चालन हुने प्रतियोगिता यही चैत १९ गतेदेखि सुरु भई २१ गते सम्पन्न हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेता समूहले रु एक लाख पचास हजार नगदसहित मेडल प्राप्त गर्नेछन् । उपविजेता समूहले रु एक लाख पाउने छन् ।

सेमिफाईनलमा पुग्ने समूहलाई रु ५०/५० हजार पुरस्कारको व्यवस्था गरिएको जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष रमेश कर्माचार्यले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?