बुटवल । गुल्मीमा एक वृद्ध मृत अवस्थामा फेला परेकी छन् ।
जिल्लाको मुसिकोट नगरपालिका–७ ढावकी ६६ वर्षीया कुमारी सापकोटा मुसिकोट नगरपालिका–४ फेदी बडिगार्ड खोलाको घाटमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलयले गुल्मीले जनाएको छ ।
उनी बिहीबार दिउँसो घरबाट हिँडेकी थिइन् । रातीसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा शुक्रबार शव फेला परेको हो ।

