लुम्बिनीका कृषि मन्त्रीले दिए राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सरकारका कृषि तथा भुमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले मन्त्री पदबाट राजीनामा दिएका छन् ।

अहिर जनता समाज पार्टीका तर्फबाट मन्त्री भएका थिए । पार्टीले मुख्यमन्त्री डिल्ली चौधरीलाई विश्वासको मत नदिने भएपछि मन्त्री अहिरले राजीनामा दिएका हुन् ।

जसपाको संसदीय दलका नेतासमेत रहेका उनी यसअघि एमाले नेता लिला गिरी नेतृत्वको सरकारमा पनि कृषि मन्त्री बनेका थिए । उनी बाँके–२ को प्रदेशसभा १ मा निर्वाचित भएका हुन् ।

लुम्बिनीमा आज मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक बोलाइएको छ ।

लुम्बिनीका कृषि मन्त्रीले दिए राजीनामा - Lumbini News

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?