लुम्बिनीमा माओवादीको नेतृत्वमा सरकार बनाउन ४ दल सहमत

बुटवल । लुम्बिनी प्रदेशमा माओवादीको नेतृत्वमा सरकार गठन गर्न ४ दल सहमति भएका छन् ।

सत्ता गठबन्धनका नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी र एक स्वतन्त्र सांसदले मुख्यमन्त्रीमा माओवादी संसदीय दलका नेता जोखबहादुर महरालाई समर्थन गर्ने सहमति गरेका हुन् ।

सबै दलको अपनत्व हुने गरी प्रदेश सरकारबाट गरिने सबै राजनीतिक नियुक्तहरू गर्ने पनि सहमतिमा उल्लेख छ ।

सत्ता गठबन्धनका दलहरूले समर्थन गरे पनि मुख्यमन्त्री दाबीका लागि महरालाई बहुमत पुगेको छैन । ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ प्रदेश सांसदको समर्थन चाहिन्छ ।

सत्ता गठबन्धनसँग एमाले २९, माओवादी (सभामुख बाहेक) ८, जसपा ३, एकीकृत समाजवादी १ र स्वतन्त्र सांसद खड्ग बस्नेत गर्दा ४२ मात्र हुन्छ ।

गठबन्धनका नेताहरुले ४ सांसद रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा)को समर्थन गरेको छ । तर नाउपामा विवाद छ ।

लुम्बिनीमा माओवादीको नेतृत्वमा सरकार बनाउन ४ दल सहमत - Lumbini News

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?