back to top

तुलसीपुरको बहुउद्देश्यीय भवन निर्माण अन्तिम चरणमा

दाङ । तुलसीपुर उपमहानगरपालिकाले निर्माण सुरु गरेको बहुउद्देश्यीय व्यापारिक भवन निर्माण अन्तिम चरणमा पुगेको छ । उपमहानगरपालिकाका इञ्जिनियर पवन योगीले भवन निर्माण ७० प्रतिशत पूरा भएको बताए ।

उनका अनुसार तोकिएको समयसीमाभित्रै भवनको निर्माण सम्पन्न हुनेगरी अहिले निर्माण कार्यले तीव्रता पाएको छ । हालसम्म सो भवनको ‘अण्डरग्राउण्ड’सहित छैटौँ तलाको ढलान सम्पन्न भइसकेको छ । अहिले सातौँ तला थप्ने र भित्री भागमा ‘फिनिसिङ’ भइरहेको योगीले बताए ।

बहुउद्देश्यीय भवन निर्माण तीन वर्षमा पूरा गर्ने समानान्तर–डायनामिक–नारायणम जेभीले भ्याटसहित रु १६ करोड ४३ लाखमा ठेक्का सम्झौता भएको थियो ।

कूल लागतमध्ये ७० प्रतिशत नगरविकास कोष र ३० प्रतिशत उपमहानगर बेहोर्ने सहमति भएको उपमहानगरपालिकाका सूचना अधिकृत बाबुराम आचार्यले जानकारी दिए । व्यापारिक भवनमा विभिन्न व्यापार, बैंकिङ कारोबार, सभाहल, रेष्टुरेन्ट सञ्चालन गर्ने लक्ष्य लिइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?