काठमाडौँ । नाबालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा राजधानीको तारकेश्वरर नगरपालिका-११ हिलेटोलस्थित पश्चिम युना खाजाघरकी संचालकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बर्दिया बाँसगढी नगरपालिका-१ घर भएकी २६ वर्षीया मुनु गुरुङ रहेकी छन् । उक्त खाजाघरमा नाबालिकाहरूलाई विभिन्न डरत्रास र प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरीले मुनुलाई सोही टोलबाट पक्राउ गरेको हो ।
खाजाघरबाट २ जना नाबालिकासहित ७ जना युवतीहरूको प्रहरीले उद्धार समेत गरेको छ । उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

