‘२०८० र यो दशक संघ र प्रदेशका लागि उपलव्धिका दृष्टिले अविस्मरणीय’

बुटवल । लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले वर्ष २०८० र यो दशक प्रतिनिधि सभा र प्रदेश सभाका लागि केही उपलव्धिका दृष्टिले अविस्मरणीय रहेको बताएका छन् ।

नयाँ वर्ष २०८१ को अवसरमा शुभकामना सन्देश दिँदै उनले प्रशासनिक संरचनाको महत्वपूर्ण अंग कर्मचारी र सुरक्षा शक्ति र त्यससंग सम्बन्धीत ऐन तयार गरी कार्यान्वयनमा आउने प्रक्रियामा रहेको बताए । उनले अन्य आवश्यक ऐन कानुन निर्माण भई कार्यान्वयनमा आउनु महत्वपूर्ण उपलव्धी रहेको बताए ।

उनले भनेका छन्, “संघीय संरचनामा प्रदेश नयाँ र विशेष महत्व बोकेको राजनीतिक तथा प्रशासनिक संरचनागत क्षेत्र हो । स्थानीय तह विगतमा कुनै न कुनै संरचनागत अस्थित्वमा थियो । प्रदेश नितान्त नयाँ संरचना भएकाले यसलाई स्थापित गर्न समय लाग्नु स्वभाविक नै हो । प्रदेशबासी जनताको साथ सहयोग र विश्वासले लुम्विनी प्रदेश जनमानसमा छिट्टै स्थापित हुन सफल भएको छ । यो नै महत्वपूर्ण उपलव्धी हो ।”

वि.सं.२०८१ मा संघीयता कार्यान्वयनका लागि बनाईएका नीति, ऐन, कानून कार्यान्वयनलाई उच्च प्राथमिकता दिदै जनजीविका र सरोकारका विषयलाई समेट्न आर्थिक समृद्धी कसरी हासिल गर्न सकिन्छ भन्ने सन्दर्भमा नीतिगत पहल कदमी लिने उनले प्रतिबद्धता व्यक्त गरे ।

नयाँ वर्षले प्रदेशलाई शान्ति र समृद्धिको दिशामा अग्रसर गराउँदै सबै समुदायकाबीच एक आपसमा सद्भाव, भाइचारा र घनिष्ठता अभिवृद्धि गर्नमा सहयोग पु¥याओस भन्ने शुभेच्छासहित उनले शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?