खालसा साजना दिवस मनाउँदै शिख समुदाय

राँझा । बाँकेका शिख समुदायले नयाँ वर्षसँगै खालसा साजना दिवस तथा वैशाखी पर्व हर्षोल्लासका साथ मनाएका छन् ।

शिख समुदायको धर्म उत्पत्ति भएको दिनका रुपमा यो दिवस मनाउन थालिएको श्री गुरुनानक सिंह सभा गुरुद्वारा नेपालगञ्जका अध्यक्ष राजेन्द्र सिंह सरदारले बताए । दिवसका अवसरमा गुरुद्वारामा अखण्ड पाठको आयोजना र भण्डाराको व्यवस्थापन गरिएको छ ।

देशमै बाँकेमा सबैभन्दा धेरै शिख समुदायको बसोबास छ । नेपालभर करिब २५ हजार शिख समुदायको जनसङ्ख्या छ । त्यसमध्ये बाँकेको डुडुवा गाउँपालिका–६ सिख्खनपुर्वा, नेपालगञ्ज–१५ जमुनाह, नेपालगञ्ज–१९ वसुदेवपुर र जानकी–२ बेलभारको बनकटवामा गरी करिव सात हजारको सङ्ख्यामा छन् ।

आजदेखि सुरु भएको खालसा साजना दिवस तथा वैशाखी पर्व तीन दिनसम्म मनाइने श्री गुरुनानक सिंह सभा गुरुद्वाराका कोषाध्यक्ष जोगेन्द्र सिंहले बताए । उनका अनुसार गुरुद्वारामा विगत ४० वर्षदेखि प्रत्येक आज गरिब तथा दीनदुःखीका लागि भण्डारा चल्दै आएको छ ।

श्री गुरुनानक सिंह सभा गुरुद्वारा नेपालगञ्जका कार्यसेवक मायासिंह शिखले खाल्साले सबै शिखलाई पाँच निसानी दिएको बताए । शिख समुदायले हातमा लगाएको कडा, टाउकोमा पगरीभित्र कङ्गी, कम्मरमा सानो चक्कु, एउटा भित्री वस्त्र र दाह्री कहिल्यै नकाट्ने खाल्साको पाँच निसानी रहेको उनको भनाइ छ ।

नयाँ वर्ष २०८१ तथा सिख समुदायको खालसा साजना दिवसका अवसरमा नेपालगञ्जस्थित विशेष कार्यक्रममा लुम्बिनी प्रदेशका विनाविभागियमन्त्री भण्डारीलाल यादव, बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, सुरक्षा निकायका प्रमुख र सिख समुदायका अगुवाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?