गुल्मी । गुल्मीमा हातहतियारहरु नवीकरण गर्न जिल्ला प्रशासन कार्यालय गुल्मीले आग्रह गरेको छ ।
प्रशासनले सूचना जारी गर्दै गृह मन्त्रालयको ०८० चैत २३ को निर्देशन एवम् जिल्ला सुरक्षा समिति गुल्मीको मिति ०८० चैत ३० को निर्णयानुसार यस जिल्लामा दर्ता भएका हातहतियारहरु नियमानुसार म्याद भित्र नवीकरण नभएको भए तत्काल नवीकरण गर्न आग्रह गरेको हो ।
इजाजतपत्र नलिएका, नभएका हातहतियारहरु एवम् ५ वर्षभन्दा बढी अवधिसम्म नवीकरण नभएका हातहतियारहरु वैशाख मसान्त भित्रमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी चौकीमा यथाशीघ्र बुझाउन सूचनामा उल्लेख छ ।
अन्यथा नियम विपरीतका सम्पूर्ण हातहतियारहरु तत्काल जफत हुने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।

