वनमा लागेको आगो निभाउँदा भिरबाट खसेर २ जना घाईते

गुल्मी । गुल्मीमा वनमा लागेको आगो निभाउने क्रममा भीरबाट खसेर दुई जना घाईते भएका छन् ।

जिल्लाको मुसिकोट नगरपालिका–१ पौंदी अमराई स्थित तल्लो पौंदी सल्लाघारी वनमा लागेको आगो निभाउने क्रममा स्थानीय महले घर्ति र रेशम थापा (टेक बहादुर थापा) घाईते भएको प्रहरी चौकि पौंदी अमराईका असई लखन चौधरीले जानकारी दिए ।

उनका अनुसार महलेको अवस्था गम्भिर रहेको छ । आगो निभाउने क्रममा १५० मिटर तल खसेका उनीहरुको पौंदी अमराई स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारको लागि जिल्ला अस्पताल तम्घास लगिएको छ ।

पौंदी अमराईस्थित नेपाल राष्ट्रिय सर्वोदय माविको सल्लाघारी बनमा आज बिहानबाट लागेको आगो स्थानीय र प्रहरीले नियन्त्रणमा लिएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?