back to top

नवलपरासीमा ट्याक्टर दुर्घटना हुँदा एक किशोरको मृत्यु

नवलपरासी । पश्चिम नवलपरासीको सुस्तामा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

सुस्ता गाउँपालिका–३ बिगैपस्थित भित्री सडकखण्डमा कुडीयाबाट रतनगञ्जतर्फ जाँदै गरेको लु ३ त २८४ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडक छेउमा पल्टिदाँ सुस्ता–५ तरैनीका १३ वर्षीय गोलु भनेर चिनिने रोहित कंकरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एवम् डीएसपी रेशम बोहोराले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा टाउकोमा गम्भिर चोट लागेका उनलाई उपचारका लागि पृथ्वीचन्द्र अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा चालक सुस्ता–४ नर्सहीका २१ वर्षीय सुकइ मल्लाह घाइते भएका छन् । मल्लाहलाई जिल्ला अस्पतालले थप उपचारका लागि भैरहवा मेडिकल कलेज रिफर गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?