back to top

पश्चिम नवलपरासीमा करेन्ट लागेर युवकको मृत्यु

नवलपरासी । पश्चिम नवलपरासीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको सरावल गाउँपालिका(३ श्रीनगरका ३० वर्षका प्रदीप चौधरीको करेन्ट लागेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी रेशम बोहोराका अनुसार धारामा मोटर लगाएर पानी तान्ने क्रममा करेन्ट लागेको थियो ।

करेन्ट लागेर घाइते भएका चौधरीलाई उपचारको लागि जिल्ला अस्पताल परासी ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको सूचना अधिकारी बोहोराले बताए । मृतकको पोष्टमार्टम पछि आफन्तीलाई शव जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?