दाङमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु

दाङ । दाङमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा रोल्पाको गंगादेव गाउँपालिका ६ ताप्ला बजारका ५४ वर्षीय बिरबहादुर खड्का रहेका छन् ।

वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रकाश भुसालका अनुसार जिल्लाको लमही नगरपालिका–१ नर्ती चोकमा लुम्बिनी ए ए ८७०० नम्बरको मोटरसाइकल र रा ३ प ८२४५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा लुम्बिनी ए ए ८७०० नम्बरको मोटरसाइकल चालक रुपन्देहीको गैडहवा गाउँपालिका–७ का ३१ वर्षीय अजय मिश्र घाइते भएका छन् । उनको अवस्था समान्य रहेको छ ।

यस्तै रा ३ प ८२४५ नम्बरको मोटरसाइकलमा सवार गंगादेव–६ का ५७ वर्षीय कमानसिंह खत्रीसमेत घाइते भएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?