लुम्बिनीको अर्थतन्त्रमा कृषिको योगदान सबैभन्दा धेरै, बृद्धिदर विद्युतको धेरै

काठमाडौं । नेपालका ७ प्रदेशमध्ये लुम्बिनीबाहेकका ६ को अर्थतन्त्र कृषिमा अधिक निर्भर रहेको पाइएको छ । लुम्बिनी प्रदेशमा भने विद्युत् क्षेत्रको वृद्धिदर सबैभन्दा धेरै देखिएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको प्रदेश लेखा तथ्यांक अनुसार लुम्बिनी प्रदेशको अर्थतन्त्रको आकार ८ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ ।

चालु आवमा यस प्रदेशको आर्थिक वृद्धिदर ४.०५ प्रतिशत रहने भएको छ । यो प्रदेशले नेपालको जीडीपीमा १४.२६ प्रतिशत योगदान गर्छ ।

लुम्बिनीको अर्थतन्त्रमा सबैभन्दा धेरै हिस्सा कृषिको २९.६३ प्रतिशत रहेको कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी डा. हेमराज रेग्मीले बताए । उनका अनुसार सबैभन्दा कम प्रशासनिक सहयोगी सेवा क्षेत्रको ०.३४ प्रतिशतमात्र छ ।

वृद्धिदरका हिसाबले सबैभन्दा धेरै विद्युत् क्षेत्रको २८.९३ प्रतिशत र सबैभन्दा कम माइनस १.३४ प्रतिशत उत्पादनमूलक क्षेत्रको वृद्धिदर रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?