तिनाउ नदीमा डुबेर दिब्याम्सको मृत्यु

लुम्बिनी । रुपन्देहीको तिलोत्तमा नगरपालिका— ६ स्थित तिनाउ नदीमा डुबेर आज एकजनाको मृत्यु भएको छ ।

नदी उत्खननका क्रममा परेको दहमा जमेको पानीमा पौडी खेल्न गएका स्थानीय १७ वर्षीय किशोर दिब्याम्स भुषालको आज मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

साथीहरुसँग फुटबल खेल्न गएका ती किशोर नजिकैको दहमा पौडी खेल्ने क्रममा पानीमा डुबेको स्थानीयले जानकारी दिएलगत्तै प्रहरी घटनास्थल पुगे पनि भुषाल मृत अवस्थामा फेला परेका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?