बर्दिया राष्ट्रिय निकुञ्जमा बढे पर्यटक

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । निकुञ्जमा बाघ, चितुवा, हात्ती, जरायो, बाह्रसिङ्गेलगायत वन्यजन्तु हेर्न पर्यटक आउने गरेको निकुञ्ज प्रशासनले जनाएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोककुमार रामले बाघको सङ्या बढेर एक सय २५ पुगेपछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको जानकारी दिए ।

भ्रमणका लागि आउने करिब ९० प्रतिशत पर्यटकले बाघ अवलोकन गर्ने गरेका छन् । अघिल्लो आर्थिक वर्षको पुस मसान्तसम्ममा दुई हजार विदेशी पर्यटक निकुञ्ज घुम्न आएकामा चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा चार हजार पर्यटक आएका छन् ।

अघिल्लो आवको पुस मसान्तसम्ममा छ हजार आन्तरिक पर्यटकले निकुञ्ज भ्रमण गरेकामा चालु आवको सोही अवधिमा १० हजारले भ्रमण गरेका छन् ।

गत आवको पुस मसान्तसम्ममा पाँच सय सार्क मुलुकका पर्यटकले भ्रमण गरेकामा अहिले चालु आवको पुस मसान्तसम्ममा आठ सयले भ्रमण गरेका छन् ।

“हामीलाई विश्वास छ यसवर्ष करिब २० हजार पर्यटकले निकुञ्ज भ्रमण गर्नेछन्, यसको मुख्य कारण बाघको सङ्ख्या बढेकाले त्यसलाई प्रत्यक्ष रुपमा देख्न पाउनु नै हो”, प्रमुख संरक्षण अधिकृत रामले भने ।

निकुञ्जका अनुसार अमेरिका, जर्मन, फ्रान्स, न्यूजील्याण्ड, चीन, भारतलगायत मुलुकका विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?