गुल्मी । जिल्ला खेलकुद विकास समिति गुल्मीको कार्यालय प्रमुखविहीन बनेको छ । तत्कालिन खेलकुद विकास समितिका कार्यालय प्रमुख डिल्ली बि.कको सरुवा भएपछि तीन महिनादेखि कार्यालय प्रमुखविहीन छ ।
जिल्ला प्रशासन अगाडी बनेको जिल्ला खेलकुदको भवनका सटरहरु व्यवसायिक प्रयोजनका लागि भाडामा लगाइएका छन् । तर सेवाग्राहीको सहजताका लागि बनेको भवनमा कार्यालय प्रमुख र कर्मचारी नहुँदा दैनिक कामकाज ठप्प जस्तै छन् ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गिरीप्रसाद महाकिमले कार्यालय प्रमुख नहुँदा दैनिक प्रशासनिक काममा समस्या भइरहेको बताए ।
उनले जिल्लामा हुने कुनै खेलकुदका गतिविधीमा बाहिरबाट विशेषज्ञ व्यक्ति खोजेर काम गराउनुपर्ने बाध्यता रहेको बताए । कार्यालय प्रमुख ल्याउनका लागि लामो समयदेखि पहल गरिएपनि त्यो सफल हुन नसकेको उनको भनाई छ ।

