पश्चिम नवलपरासीमा हुरीबतासले विद्युत् अवरुद्ध

नवलपरासी । बिहीबारको हुरीबतासका कारण पश्चिम नवलपरासीका केही स्थानमा पूर्णरुपमा विद्युत् सेवा अवरुद्ध भएको छ ।

हुरीले विद्युत्का अधिकांश तारपोलमा क्षति पुगेको छ । जिल्लाका दुई विद्युत् वितरण केन्द्रमध्ये सबैभन्दा बढी बर्दघाट वितरण केन्द्रमा क्षति भएको छ ।

उक्त वितरण केन्द्रअन्तर्गतका सरावल गाउँपालिका–२ को विद्युत् ट्रान्सफर्मर पूर्णरुपले क्षति भएको छ । जम्मा १३ वटा ट्रान्सफर्मरमा क्षति भएको परासी विद्युत् वितरण केन्द्रका इन्जिनियर रमाशङ्कर शाहले बताए ।

जिल्लाका अधिकांश क्षेत्रमा बिहीबार रातिदेखि विद्युत् सेवा अवरुद्ध रहेको उनले जानकारी दिए । सबै ट्रान्सरफर्मर मर्मत गरी विद्युत् पुनः सञ्चालन गर्ने तयारी गरेपनि सञ्चालनमा चुनौती देखिएको उनको भनाइ छ ।

हुरीका कारण जिल्लाभरि एक सय बढी पोलहरु ढलेको इन्जिनियर शाहले जानकारी दिए । उनका अनुसार हुरीका कारण विद्युतको तार, पोल, एल्टी र ट्रान्सफर्मरलगायतका सामान गरी करिब ९० लाख बराबरको क्षति भएको छ ।

जिल्लाको रामग्राम, सुनवल, बर्दघाट नगरपालिका, सरावल र प्रतापपुर गाउँपालिका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?