back to top

बङ्गुरपालक किसानलाई सहयोग

गुलरिया । बर्दियाको मधुवन नगरपालिकाका बङ्गुरपालक किसानलाई औषधिलगायतका सामाग्री उपलब्ध गराइएको छ ।

एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयको बालीवस्तु विशेष सघन व्यावसायिक उत्पादन क्षेत्र विकास बङ्गुरपालन कार्यक्रमअन्तर्गत किसानलाई औषधिको साथमा सामग्री हस्तान्तरण गरिएको छ ।

मधुवन नगरपालिका–९ का बङ्गुरपालक कृषकलाई परजीवी नियन्त्रण औषधि, मिनरलरआइरन, किसानको सुरक्षाका लागि गमबुट, मास्क, एप्रोन, भिटामिन, चारामेसिनलगायत सामाग्री हस्तान्तरण गरिएको कृषि तथा पशुपंक्षी विकास कार्यालय गुलरिया बर्दियाका प्रमुख सागर ढकालले बताए ।

यसअघि व्यावसायिकरूपमा बङ्गुरपालन गरिरहेका किसानलाई दुई कोठे सातवटा खोरसहित चार किसानलाई बङ्गुरको भाले र तारजालीसमेत वितरण गरिएका उनले जानकारी दिए ।

उनले भने, “बङ्गुरपालनतर्फ किसानलाई प्रोत्साहन गर्न २३ जना किसानलाई औषधीजन्य तथा सुरक्षण सामाग्री तथा तीनवटा चारामेखिन घरदैलोमै हस्तान्तरण गरेका छौँ । बङ्गुरको मासुको माग बढेकाले सुरक्षित तरिकाले किसानहरुलाई व्यवसाय सञ्चालन गर्न सहज बनाउने उद्देश्यले तालिमसमेत उपलब्ध गराउने योजना छ ।”

पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा प्रवेश सिंह कुँवरले मधुवन नगरपालिका वडा नं ९ बङ्गुरपालन पकेट क्षेत्रको रूपमा अघि बढाइने बताए ।

एकै ठाउँमा एकै किसिमको व्यवसाय गर्दा बजारीकरण र प्राविधिक सहयोग गर्न सहज हुने भएकाले उपलब्ध सामाग्रीको सही सदुपयोग गरी उत्पादन वृद्धि गर्न किसानलाई उनले आग्रह गरे ।

सामग्री हस्तान्तरण गर्दै लुम्बिनी प्रदेशसभा सदस्य जन्मजय तिमिल्सिनाले धेरैले कृषि पेशा छाडेर वैदेशिक रोजगारी, सामाजिक सेवालगायत अन्य पेशा व्यवसायमा लागिरहेका अवस्थामा उपलब्ध गराइएको सामाग्री उपयोगी हुने विश्वास व्यक्त गरे ।

उनले कृषितर्फ आकर्षण बढाउन कृषिजन्य उत्पादनको उचित बजारीकरण र समयमा मूल्य निर्धारण गर्न लाग्नुपर्ने बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?