back to top

‘अर्ग्यानिक’ उत्पादन र बजारीकरण गर्न सम्झौता

अर्घाखाँची । अर्घाखाँचीका किसानले उत्पादन गरेका  अर्ग्यानिक कृषिजन्य वस्तुको बजारीकरणमा अब समस्या नहुने भएको छ ।

यसका लागि जनता एग्रो एण्ड फरेष्टी लिमिटेड काठमाडौँले अर्घाखाँचीको सन्धिखर्क नगरपालिका र पाणिनि गाउँपालिकासंग सम्झौत गरेको छ । ती दुई स्थानीय तहबाट उत्पादित  अर्ग्यानिक कृषिजन्य वस्तुको समर्थन मूल्यमा बजारीकरण सो कम्पनीले जिम्मेवारी पनि लिएको छ ।

सन्धिखर्क नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले कृषि  उपज वस्तुको कम्पनीले उचित मूल्यमा खरिद गर्ने जानकारी दिए ।

पालिका  तहमा विभिन्न समूह बनाइ उत्पादन कार्य गरी समूहसँग सम्झौता गरी आर्थिक उपार्जन र उत्पादनको कार्यमा अगाडि बढ्ने सन्धिखर्क नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।

सम्झौता पत्रमा सन्धिखर्क नगरपालिकाको तर्फबाट नगर प्रमुख श्रेष्ठ, पाणिनि गाउँपालिकाको तर्फबाट उपाध्यक्ष नर्मदा पौडेल र जनता एग्रो एण्ड फरेष्टी लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष पवनकुमार गोल्यानले हस्ताक्षर गरेका थिए ।

जनता एग्रो एण्ड फरेष्टी लिमिटेड काठमाडाँैले उत्पादन गरेका वस्तु बिक्री गर्ने गरी सन्धिखर्कमा रहेको साथी बहुद्देश्यीय सहकारी संस्था लिमिटेडले समझौता गरेको छ ।

व्यावसायिक कृषिका माध्यमबाट उचित मूल्य र बजार प्रवद्र्धनका लागि सम्झौतापछि जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालाले कम्पनीले बजारीकरणको जिम्मेवारी,विश्वासनियता कायम गरे अर्घाखाँची जिल्लामा अझै धेरै कृषिजन्य वस्तुको उत्पादनमा वृद्धि हुने बताए ।

जिल्लामा धेरै कार्यक्रम गरे पनि सफल नभएकाले यो कार्यक्रम किसानको बिचमा विश्वासका साथ अगाडि बढाउन कम्पनीलाई उनले आग्रह गरे ।

सन्धिखर्क नगरपालिकाका नगरप्रमुख श्रेष्ठले माटो, पानी, वातावरणका साथै किसानको मागका अधारमा अगाडि बढाउने बताए ।

उनले भने, “गाउँ गाउँमा किसान समूह गठन गरेर अगाडि बढ्दै छौंँ, पालिकाले व्यावसायिक रुपमा गर्ने किसानका लागि यान्त्रिकरण, बीउँविजन, प्राविधिक विज्ञ सहयोग गर्दै छौँ, यो कार्यक्रममा हुने खेतीलाई जङ्गली जनावर असर पार्दैन । अव रोजगारका लागि विदेश गएका युवालाई समेत स्वदेश फर्काउने गरी अभियानकै रुपमा हामी अगाडि बढ्ने छौँ । ”

किसानको आयआर्जनमा वृद्धि, अर्गानीक  खेती, विभिन्न उत्पादन प्रक्रिया र बजारीकरणमा  जोड्ने गरी कम्पनी अगाडि बढेको जनता एग्रो फरेष्टिका अध्यक्ष गोल्यानले बताए । किसानको क्षमता अभिवृद्धि नीति निमार्णमा र वातावरणीय परिवर्तनमा सहयोग गर्ने समेत उद्देश्य रहेको छ ।

कम्पनीले दुई पालिकामा समूहमार्फत उत्पादन भएका अदुवा, बेसार, टिमुर, कफी, दाते ओखर, छुर्पी, गाईको घीउ खरिद गर्ने जनाउँदै कम्पनीको मुख्य उद्देश्य स्थानीय कच्चापदार्थको प्रयोग, स्थानीय उत्पादन, रैथाने बाली प्रबद्र्धन  र सामूहिकतामा आर्थिक विकास र समृद्धि रहेको कम्पनीका उपाध्यक्ष भोजबहादुर शाहले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?