बाँकेमा टिपरको ठक्करबाट एक युवकको मृत्यु

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी–९ स्थित पूर्वपश्चिम राजमार्गमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएपछि स्थानीयले एउटा टिपरमा आगजनी गरेका छन् ।

आगजनीबाट भे१ख ३०१९ नम्बरको टिपरमा क्षति भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

उनका अनुसार गए राति पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको टिपर र विपरीत दिशाबाट आउँदै गरेको भे १० प १४१३ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा भएको सो दुर्घटनामा दुघराप्तीसोनारी–८ निवासी ३६ वर्षीय लोकेन्द्रबहादुर विष्टको मृत्यु भएको थियो ।

पीडितले अहिलेसम्म घटनास्थलबाट शव नउठाएर पूर्वपश्चिम राजमार्गको कोहलपुर सडकखण्ड अवरुद्ध गरेका छन् । प्रहरीले राजमार्ग सञ्चालन नभए पनि हुलाकी राजमार्गबाट सवारी आवागमन भइरहेको जनाएको छ ।

पीडितसँग इलाका प्रहरी कार्यालय कोहलपुरमा छलफल भइरहेको छ । प्रहरीले सवारीसाधन चालकको पहिचान भएको र उनलाई सम्पर्कमा ल्याउने कोसिस भएको बताइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?