पाल्पामा जीप दुर्घटना हुँदा ९ जना घाइते

पाल्पा । पाल्पामा जीप दुर्घटना हुँदा नौ जना घाइते भएका छ्न । आइतबार बिहान साढे ४ बजेतिर निस्दी गाउँपालिका केन्द्रबाट राम्पुर फर्किंदै गरेको बा१५छ ५९४ नम्बरको स्कार्पियो निस्दी-४ झ्याल्टुङ्गमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाका घाइतेलाई प्राथमिक उपचारपश्चात थप उपचारका लागि प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा ल्याइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

घाइतेहरूको अवस्था मध्यम रहेको छ । जीप सडकको बाँयातिरको भित्तामा ठोक्किएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?