दाङका अन्धकार बस्तीमा विद्युत् पुर्‍याउने अभियान

तुलसीपुर । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले विद्युत् नपुगेको बस्तीमा विद्युत् पुर्‍याउने अभियान चलाएको छ ।

दाङमा पनि अझै धेरै ठाउँमा विद्युत् नपुगेका ठाउँ पनि रहेको भन्दै ती ठाउँहरुमा विद्युत् पुर्‍याउने अभियान चलाएको वितरण केन्द्र प्रमुख शिव गोशालीले बताए ।

अहिले आफूहरु अन्धकार बस्तीलाई उज्यालो बनाउने अभियानमा लागेको जनाउँदै दाङमा पछिल्लो एक वर्षमा छ स्थानमा विद्युत् बाल्न सफल भएको उनले बताए ।

उनका अनुसार दङ्गीशरणको वडा नं १ फुर्केसल्ली, बबईको वडा नं ७ तल्लो मलै, शान्तिनगर गाउँपालिकाको वडा नं १ को हारीचारलगायतका बस्ती, वडा नं ३ का विकट बस्ती, तुलसीपुर उपमहानगरपालिका वडा नं ४ को खुमखानीमा बत्ती बालिसकेको बताए ।

अझै पनि दाङमै केन्द्रीय लाइन नपुगेका स्थानमा विद्युत् पुर्‍याउने गरी लागिरहेको उनले बताए ।

वितरण केन्द्र तुलसीपुरको कार्यक्षेत्र तुलसीपुर उपमहानगरपालिकासँगै बबई, शान्तिनगर र दङ्गीशरण गाउँपालिका रहेको जनाउँदै उनले यहाँका विकट बस्तीमा पनि विद्युत् पुर्‍याइरहेको बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?