पाल्पामा सुनका गहना चोरेको आरोपमा एक जना पक्राउ

पाल्पा । पाल्पामा चोरीका सामानसहित एक जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बगनासकाली गाउँपालिका-२ पोखराथोकका ४० वर्षीय अर्जुन कोइराला रहेको प्रहरीले जनाएको छ ।

उनलाई असार १ गते बगनासकाली २ पोखराथोकबाट बा. प्र. ०२-०४३ प २५६४ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनको साथबाट सुनजस्तो देखिने चार थान गरगहना, मोटरसाइकल, तीन थान मोबाइल, चाँदीको एक थान औठी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

उनको साथबाट ११ वटा एनसेल र एनटिसीको ९ गरी २० थान सिमकार्ड र १८ हजार ६०० रुपियाँ नगद पनि बरामद गरिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

पक्राउ परेका व्यक्ति गत जेठ १५ गते साँझ तानसेन १२ की नन्दकुमारी खत्रीले लगाएको दुई तोलाको सुनको सिक्री चोरी गरेर भागेको र सो घटनामा संलग्नको खोजी गर्ने क्रममा पक्राउ गरेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?