कतारबाट अवैध सुन ल्याएको आरोप बाँकेका मोहमदसहित ३ जना पक्राउ

काठमाडौं। कतारबाट अवैध रुपमा सुन ल्याएको आरोपमा ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा बाँकेको खजुरा गाउँपालिका–८ का २४ वर्षीय मोहमद दिलसाद खाँ, नवलपरासी पूर्व गैंडाकोट नगरपालिका–१३ का ४३ वर्षीय सन्तोष परियार र तनहुँको भानु नगरपालिका–७ का २५ वर्षीय अन्जिल गुरुङ छन् ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिनामंगलबाट पक्राउ गरेको हो । कतारबाट आएको हिमालय एयरको जहाजमार्फत उनीहरुले भन्सार छलेर ८१ ग्रामभन्दा बढी सुन ल्याएको आरोप लागेको छ ।

कतारबाट ६ असारमा आएका खाँलाई सिनामंगलबाट नियन्त्रणमा लिएर खानतलासी गर्दा सुन भेटिएको थियो । जिन्स पाइन्टको कम्मरमा सेतो टिस्यु पेपरले फोल्ड गरेर उनले कतारदेखि सुन ल्याएको अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले बताए ।

खाँले ल्याएको सुन रिसिभ गर्न आएको अवस्थामा परियार र गुरुङलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरुले हातमा लगाउने चेन र औठीको आकारमा भन्सार छलेर सुन ल्याएको आरोप लागेको छ । पक्राउ परेका दुवै जनालाई कारबाहीका लागि विमानस्थलस्थित भन्सार कार्यालय पठाइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?