बुटवल । कपिलवस्तुमा खेतमा जाँदै गरेका दुई जनाको चट्याङ्ग लागेर ज्यान गएको छ ।
यशोधरा गाउँपालिका–८ भैसहियाका २२ वर्षीय महेश कलबार र बुद्धभुमी नगरपालिका–१० धनकौलीका करिब १८ वर्षीय राजु ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए ।
कपिलवस्तु अस्पतालमा पोष्टमार्टमपछि शव दाहसंस्कारका लागि परिवारको जिम्मा लगाइने उनले बताए ।

