कपिलवस्तु नापी कार्यालयका नापी सर्वेक्षकविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । कपिलवस्तु नापी कार्यालय, चन्द्रौटाका सर्वेक्षक बेचनप्रसाद गुप्ता तेलीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग ३५ हजार घुस लिएको दाबी गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

तेलीले जग्गा कित्ताकाट गर्ने प्रयोजनका लागि सेवाग्राहीबाट घुस लिएको अवस्थामा नगदसहित नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । अख्तियारले तेलीलाई ३५ हजार नै बिगो कायम गरी जरिवानासमेत गर्न माग गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?