back to top

गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाइते

गुल्मी । गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, दुई जना घाइते भएका छन् ।

छल्दीबाट तम्घासतर्फ आउदै गरेको लु ४ त २४६५ नम्बरको ट्याक्टर रेसुङ्गा नगरपालिका–४ रायढुङ्गास्थित तम्घास– सिमलटारी पक्की सडक खण्डमा दुर्घटना हुँदा मालिका गाउँपालिका– २ का ६ वर्षका शिव बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी शंकर पोखरेलले जानकारी दिए ।

दुर्घटनामा ट्याक्टर चालक धुर्कोट गाउँपालिका–५ बस्तुका २६ वर्षका दीपक गोतामे र रेसुङ्गा नगरपालिका– ९ उपल्लो तम्घासका १९ वर्षका राजकुमार बिक घाइते भएका छन् ।

घाइतेहरुको जिल्ला अस्पताल तम्घासमा सामान्य उपचारपछि थप उपचारका लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?