मनसुन थप सक्रिय, लुम्बिनीका ९ जिल्ला उच्च जोखिममा

काठमाडौं । देशका धेरै ठाउँमा रातिदेखि पानी परिरहेको छ । ठूलो वर्षा भइरहेका बर्दिया, कास्की, उदयपुर लगायतका ठाउँका खोला र नदीमा अहिले बाढी आएको छ ।

यस्तै बाराको सिमरा, रतनपुरी, निजगढ, कोब्ली, कलैया र आसपासको क्षेत्रमा ठूलो पानी परिरहेकाले दुधौरा, पसाह, लाल बकैया लगायत क्षेत्र भई बहने अरू खोलाको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा रहनुहुनेले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

उदयपुको सुन्दरपुर वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा पनि ठूलो पानी परेकाले त्रियुगा खोलाका साना सहायक नदीमा बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा बस्नेलाई सतर्कता अपनाउन महाशाखाले भनेको छ ।

यसैबीच मनसुनी प्रणाली झनै सक्रिय हुने भएकाले आउँदो बिहीवारसम्म सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाका अनुसार न्यूनचापीय रेखा नेपालको दक्षिणी भूभाग, सीमा आसपास रहने भएकाले मनसुन थप सक्रिय हुने भएको हो । मनसुन थप सक्रिय भई आउँदो बिहीवारसम्म देशका धेरैजसो ठाउँमा वर्षा हुने महाशाखाले विशेष बुलेटिनमार्फत जनाएको छ ।

बिहीवारसम्म देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको आंकलन गरिएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनीका थोरै ठाउँ तथा मधेस, कर्णाली र सुदूरपश्चिमका एक–दुई ठाउँमा मेघ गर्जन, चट्याङसहित मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

ठूलो पानी पर्न सक्ने र यसअघिबाट पनि पानी परिरहेका ३४ जिल्लालाई महाशाखाले उच्च जोखिमको सूचीमा राखेको छ ।

महाशाखाका अनुसार कोशीका ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, तेह्रथुम, मोरङ, झापा, सुनसरी, इलाम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु र ओखलढुङ्गा उच्च जोखिममा छन् ।

यसैगरी बागमतीका मकवानपुर, चितवन, सिन्धुपाल्चोक र दोलखा, गण्डकीका म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व र लमजुङमा पनि उच्च जोखिम रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार लुम्बिनीका कपिलवस्तु, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान, नवलपरासी पश्चिम, रोल्पा र रुकुम पूर्वमा पनि उच्च जोखिम रहेको छ ।

ठूलो पानी पर्ने ठाउँमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

मनसुन थप सक्रिय, लुम्बिनीका ९ जिल्ला उच्च जोखिममा - Lumbini News

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?