बर्दिया । जिल्ला अदालत बर्दियाबाट कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय फैसला भए पनि फरार भएका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
०७२ वैशाख २० गते अदालतको कैद सजायको फैसलाले फरार बर्दिया राजापुर नगरपालिका–७ का ३५ वर्षीय कुशकुमार चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डीएसपी तुल्सीराम अर्यालले बताए ।
चौधरीलाई बाँसगढी नगरपालिका–३ स्थित भगवती सामुदायिक वनको किनारामा लुकीछिपी बसेको अवस्थामा इलाका प्रहरी कार्यालय मोतीपुरको प्रहरी टोलीले पक्राउ गरेको डीएसपी अर्यालले जनाए । उनलाई जिल्ला अदालतमा कारबाहीका लागि बुझाइएको प्रहरीले जनाएको छ ।

