लुम्बिनीको नयाँ मुख्यमन्त्री बनेका आचार्य को हुन ?

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् ।

एमालेका २९ तथा कांग्रेसका २७ गरी ५६ सांसदहरूको हस्ताक्षरसहित उनले मुख्यमन्त्रीमा दावी पेश गरेका थिए । प्रदेश प्रमुख अमिक शेरचनले धारा ७६ को उपधारा २ अनुसार आचार्यलाई नियुक्त गरेका हुन् ।

५६ वर्षीय आचार्यको राजनीतिक सक्रियता २०३५ साल सुरु भएको थियो । विद्यार्थी जीवनबाट राजनीति थालेका उनी अनेरास्ववियुको प्रारम्भिक कमिटी अध्यक्ष, जिल्ला सदस्य हुँदै पार्टी राजनीतिमा आएका थिए ।

२०४६ सालमा पार्टी इलाका कमिटी सदस्य, अर्को वर्ष जिल्ला सदस्य हुँदै २०५४ सालमा पार्टी जिल्ला सचिव बनेका थिए । जिल्ला सचिव सचिवको भूमिकामा उनी ११ वर्ष रहे ।

२०६५ सालदेखि चार वर्ष लुम्बिनी अञ्चल कमिटीको सदस्य बनेका उनी २०६९ मा अर्घाखाँचीको अध्यक्ष भए । आचार्य १० वर्ष अध्यक्ष भएरै काम गरे । २०७८ मा जिल्ला अध्यक्ष छोडेका आचार्य केन्द्रीय सदस्य छन् ।

संसदीय राजनीतिमा २०७४ र २०७९ साल दुबै निर्वाचनमा अर्घाखाँचीबाट प्रदेश सभा सदस्य निर्वाचित भए । पहिलोपटक शंकर पोखरेल मुख्यमन्त्री हुँदा करिब ३ महिना आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका आचार्य २०७९ मा लिला गिरी मुख्यमन्त्री हुँदा शहरी विकास खानेपानी तथा ग्रामीण विकास मन्त्री थिए ।

त्यसअघि गत २१ फागुनमा सत्ता समीकरण फेरिएर माओवादी केन्द्रका जोखबहादुर महरा मुख्यमन्त्री हुँदा आचार्य आर्थिक मामिला तथा योजना मन्त्री भए । जोखबहादुरले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि नयाँ सरकार बनाउँदा उनी मुख्यमन्त्री नै बने ।

क्यान्सर र मिर्गौला रोग जितेका आचार्यले दाङ जिल्ला इन्चार्जको रुपमा पार्टी जिम्मेवारी सम्हालिरहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?