लुम्बिनीमा मुख्यमन्त्री आचार्यसहित ८ जना मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आज विहान प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री आचार्यसहित ८ जना विभाविभागिय मन्त्रीहरुलाई शपथ गराएका हुन् ।

नेकपा (एमाले) बाट रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, पाल्पाका खेम सारु र दाङका सीता शर्मा मन्त्री बनेकी छन् ।

यस्तै नेपाली कांग्रेसबाट गुल्मीका धनेन्द्र कार्की, प्युठानका सरोज थापा (रोज राणा), दाङका प्रचण्डविक्रम न्यौपाने, बाँकेका बादशाह कुर्मी मन्त्री बनेका छन् ।

सबै मन्त्रीलाई भोलिसम्ममा मन्त्रालयको जिम्मेवारी दिने तयारी रहेको छ । एमाले र कांग्रेसका ५६ सांसदको हस्ताक्षरमा सोमबार एमाले लुम्बिनी प्रदेशका उपनेता चेतनारायण आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

८७ सदस्यीय प्रदेश सभामा माओवादीका १०, नेकपा एस, जनमोर्चा र स्वतन्त्रका एक–एक गरी १३ सांसद मात्र विपक्षमा छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?