रुपन्देही । रुपन्देहीमा तिनाउ नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका-१ सिर्जनानगरमा आफन्तको घरमा आएका दुई बालक नदीमा पौडी खेल्ने क्रममा बगेका थिए ।
उनीहरू बुटवल-११ बुद्धनगरमा आइ पौडी खेलेका थिए । बगेकामध्ये १२ वर्षीय विवश खत्रीको शव शुक्रबार साँझ नदी छेउमा भेटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।
आफ्नी आमासँग सानीआमाको घरमा भेट गर्न आएका बागलुङको बरेङ गाउँपालिकाका-१२ वर्षीय विवश खत्री र सैनामैना नगरपालिकाका-८ वर्षीय बिप्रन पाण्डे तिनाउ नदीमा बगेका थिए ।
बिप्रन को शव शनिबार बिहान तिलोत्तमा को गोरकटवा नजिक नदीमा फेला परेको प्रहरी ले जानकारी दिएको छ ।
प्रहरीका अनुसार तिनाउ नदीमा पौडी खेल्न गएका दुई जनालाई नदीले बगाएपछि हल्लाखल्ला भएको र प्रहरीलाइ खबर गरिएको थियो । तिनाउ नदीमा बगेका दुवै बालक दिदीबहिनीका छोरा हुन् ।

