back to top

जमुनाह नाकाबाट मात्र एक वर्षमा भित्रियो १ अर्ब ११ करोडको आलु

खजुरा । बाँकेको जमुनाह नाकाबाट एक वर्ष अवधिमा भारतबाट एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात गरिएको छ ।

२०८० साउनदेखि २०८१ असार मशान्तसम्म सो मूल्य बराबरको चार करोड ४९ लाख ८४ हजार ६ सय ६९ किलो आलु आयात गरिएको हो ।

नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालका अनुसार आर्थिक वर्ष २०७९/८० भन्दा गत आर्थिक वर्षमा १८ करोड रुपैयाँ बढीको आलु आयात गरिएको हो ।

आर्थिक वर्ष २०७९/८० मा ९३ करोड ६० लाख ६९ हजार बराबरको तीन करोड ७५ लाख ८५ हजार ८८ किलो आलु आयात गरिएको थियो ।

पछिल्लो समय बाँके, बर्दिया, दाङ, सल्यानलगायतका जिल्लामा आलु उत्पादन उल्लेखनीय मात्रामा बढ्दै गए पनि भारतबाट आयात भने नघटेको कृषि ज्ञान केन्द्रका प्रमुख सकील अहमदले बताए ।

उनका अनुसार आलु र प्याजमा आत्मनिर्भर बन्न सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको भए पनि आयातमा कमी आउन सकेको छैन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?