back to top

फलामको रड प्रहार गरी श्रीमतीको हत्या

दाङ । दाङमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । जिल्लाको राजपुर गाउँपालिका–१ रसरी खोलाका ३८ वर्षीय गणेश घर्तीले फलामको रड प्रहार गरी ३७ वर्षीया श्रीमती वसन्ती घर्तीको हत्या गरेका हुन् ।

आइतबार राती खाना खाएर दुबै जना कोठामा सुत्न गएका थिए । तर बिहान अबेरसम्म घरको ढोका नखुलेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले घरको ढोका खोलेर हेर्दा फलामको रडले टाउकोमा प्रहार गरी श्रीमती हत्या गरेको अवस्थामा सोही कोठाबाट गणेशलाई रडसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

मदिरा सेवन गरेर श्रीमान–श्रीमतीको बिचमा यस अघि पनि झगडा हुने गरेको स्थानीयको भनाइ छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?