प्राधिकरणको बुटवल वितरण केन्द्रका सहायक लेखापालविरुद्ध मुद्दा

बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण, बुटवल वितरण केन्द्रमा सहायक लेखापाल सुधीरकुमार चतुर्वेदीविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दा दायर गरेको छ ।

भारतबाट नक्कली प्रमाणपत्र ल्याएर जागिर खाएको आरोपमा उनीविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको अख्तियारले बिहीवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘सहायक लेखापाल (तह–४) मा बढुवा भएका चतुर्वेदीले भारतबाट ल्याएर नक्कली शैक्षिक योग्यताका प्रमाण–पत्रहरू पेश गरेको पाइएको छ । उनले हालसम्म कार्यरत रही ओहोदा, लाभ र सुविधा प्राप्त गरेको पुष्टि भएको देखिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

चतुर्वेदीको गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसुर भएकाले उनलाई सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवानाको मागदाबीसहित विशेष अदालतमा आरोप–पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?