बुटवल । लुम्बिनी प्रदेशका केही ठाउँमा आज भारी वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुको प्रभावका कारण आंशिकदेखि साधारणतया बदली रही हाल प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो र राति प्रदेशभर आंशिकदेखि साधारणतया बदली रहने छ । प्रदेशका थोरै स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

