१५ हजार घुससहित प्रहरी हबल्दार पक्राउ

बुटवल । भन्सार छलेर ल्याएका सामानको सहयोग गर्न भन्दै व्यवसायीबाट १५ हजार रुपैयाँ घुस लिने रूपन्देहीका प्रहरी हबल्दार पक्राउ अख्तियारको नियन्त्रणमा परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नवलपरासी भैरहवास्थित अस्थायी प्रहरी बिट बसपार्कमा कार्यरत प्रहरी हबल्दार डुकबहादुर खड्का बिहीबार साँझ पक्राउ गरेको हो ।

नवलपरासी सुस्तापश्चिमको भुजुवा प्रहरी चौकीमा दरबन्दी भएका खड्का नेपाल–भारत सिमानानजिक पर्ने भैरहवाको बसपार्कमा काजमा कार्यरत थिए ।

भारतको भगवानपुर नाका हुँदै भन्सार छलेर अवैध रूपमा सामान ल्याउन सहजीकरण गर्ने गरी उनले व्यवसायीबाट घुस मागेको उजुरी परेको थियो ।

सेवाग्राहीको उजुरीअनुसार अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलबाट खटिएको टोलीले उनलाई घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको र थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए ।

घिमिरेका अनुसार हबल्दार खड्कालाई रूपन्देहीको रोहिणी गाउँपालिका–३ स्थित सिमरहाचोक नजिकबाट नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?