लुम्बिनीमा विपद्‍मा परी हालसम्म ३३ जनाको मृत्यु

बुटवल । लुम्बिनी प्रदेशमा विपद्मा परी ज्यान गुमाउनेको संख्या ३३ पुगेको छ । गत जेठ २८ गतेदेखि हालसम्म प्रदेशमा बाढी, पहिरो लगायतका विपद्‍मा परेर उनीहरुले ज्यान गुमाएका हुन् ।

२ महिनाको अवधीमा प्रदेशभर १३ जना घाइते भएका छन् भने एकजना बेपत्ता रहेका छन् । तीन जनाको सकुशल उद्धार गरिएको हो ।

देशभर हालसम्म १७५ जनाको विपद्मा परी मृत्यु भएको छ । काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ५४ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना रहेका छन् ।

बाढीको कारण देशभर ३ सय ८४ घर डुबानमा परेका छन् । २ सय ८६ वटा घर, १ सय ५ वटा गोठ, ४९ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ ।

८ सय २० वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्‍का घटनाबाट ४ हजार ४ सय ७२ घर परिवार विस्थापित भएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?