back to top

के यौनसम्पर्क राख्दा ‘मंकीपक्स’ सर्छ ?

काठमाडौं । नेपाल ‘एमपक्स’ (मंकीपक्स) सङ्क्रमणको जोखिममा रहेको विज्ञहरूले बताएका छन् । ‘एमपक्स’ विश्वभर फैलिँदै गर्दा समलिंगिमा बढी देखिएको अध्ययनले देखाएको छ ।

यसो हुनुमा यौनजन्य क्रियाकलापमा सक्रिय हुने व्यक्तिलाई बढी मात्रमा ‘एमपक्स’ संक्रमण भएको पाइएको सङ्क्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए । ‘एमपक्स’ सङ्क्रमित व्यक्तिसँग शरीरिक सम्बन्ध राख्दामात्रै नभई हातले छुँदा, एउटै ओछ्यान प्रयोग गर्दा, अङ्कमाल गर्दा, चुम्बन गर्दा, सङ्क्रमित व्यक्तिले बोल्दा निस्कने छिटाहरूबाट पनि सर्न सक्ने डा. पुनले बताए ।

उनका अनुसार ‘एमपक्स’ गराउने भाइरस शरीरको घाउ, श्वासनली, आँखा, मुख, नाक लगायतका भागबाट शरीरमा प्रवेश गर्न सक्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले वैदेशिक रोजगारबाट फर्केका व्यक्तिसँग करिब २१ दिनसम्म शारीरिक सम्बन्ध राख्न नहुने बताएका छन् ।

उनले २१ दिनसम्म आइसोलेशनमा बस्न पनि आग्रह गरेका छन् । उनले भने, ‘विदेशबाट फर्केकालाई घर भित्र छुट्टै राख्ने, बोल्दा माक्स लगाउन पर्‍यो ।’

देशभरका १६ वटा सिमानाकामा ‘हेल्थ डेक्स’हरु राखिएको उनले बताए । यस्तै अन्तर्राष्ट्रिय विमानस्थलको ‘हेल्थ डेक्स’ पनि सक्रिय बनाएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?