बाँकेमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

बाँके । बाँकेमा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा दाङ तुलसीपुरका–२४ वर्षीय सन्तोष भसाल र ६० वर्षीय मानबहादुर वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए।

भूसाल बसका सहचालक हुन्। डिएसपी डाँगीका अनुसार दुर्घटनामा २१ जना घाइते भएका छन्। उनीहरूमध्ये भेरी अस्पतालमा ५ जनाको कोहलपुर मेडिकल कलेजमा थप घाइतेको उपचार भइरहेको छ। एक जना डिस्चार्ज भइसकेका छन्।

दाङबाट नेपालगन्ज तर्फ जाँदै गरेको भे १ ख २१२८ नम्बरको बस कोहलपुर – नेपालगन्ज सडक खण्ड अन्तर्गत जानकी गाउँपालिका –६ कोठारपुरमा अनियन्त्रित भई बिहीबार बिहान सवा ११ बजे दुर्घटना भएको थियो ।

डिएसपी डाँगीका अनुसार तीब्र गतिको बसको पट्टा भाँचिएपछि अनियन्त्रित भइ बस सडक खण्डमै पल्टिएको थियो। चालक प्रहरीको नियन्त्रणमा छन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?