गुल्मीमा खोलाले बगाउँदा एक युवा बेपत्ता

गुल्मी । गुल्मीमा माछा मार्ने क्रममा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा चन्द्रकोट गाउँपालिका-८ मजुवाका १६ वर्षीय असिम कुमाल छन् ।

कुमाल आज बिहान माछा मार्ने क्रममा बडिगाड खोलाले बगाएर बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) शंकर पोखरेलका अनुसार उनको खोजी कार्यको लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीवल ३७ नम्बर गुल्म गुल्मीबाट विपद् उद्धार टोली परिचालन भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?