छत्रकोट गाउँपालिकाकी वडा सदस्य नेपाली पदमुक्त

गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिका ५ को दलित महिला वडासदस्य पद रिक्त भएको छ ।

निर्वाचन आयोगका अनुसार दलित महिला वडा सदस्यमा निर्वाचित उर्मिला आचार्य नेपाली अन्य दलमा प्रवेश गरेकाले स्वतः पदमुक्त गरिएको हो ।

नेपाली नेपाली कांग्रेसबाट वडासदस्यमा निर्वाचित भएकी थिइन् । कांग्रेस केन्द्रीय समितिले उनलाई पदमुक्त गर्न आयोगलाई गरेको सिफारिस अनुसार पदबाट हटाइएको आयोगले जनाएको छ ।

नेपाली राजनीतिक दलसम्बन्धी नियमावली, ०७४ को नियम २२ को उपनियम २ र ३ बमोजिम पदमुक्त भएकी हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?