back to top

कपिलवस्तुबाट साढे २० लाख भारुसहित २ भारतीय नागरिक पक्राउ

बुटवल । कपिलवस्तुको कृष्णनगरबाट प्रहरीले स्रोत नखुलेको साढे २० लाख भारतीय रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

कृष्णनगर नगरपालिका २ लिङ्गेटमा चेकिङमा खटिएको टोलीले सोमबार बेलुकी करिब ९ बजे भारतबाट नेपाल आउँदै गरेका गाडीहरु जाँच गर्दा दुई वटा गाडीबाट साढे २० लाख भारतीय रुपैयाँ बरामद गरेको हो ।

यूपी ४५ ए.एस. ६६६३ नम्बरको भाडाको गाडीबाट ८ लाख र यूपी ४२ डी.टी. ५७२१ नम्बरको गाडीबाट १२ लाख ५० हजार बरामद भएको सूचना अधिकारी मोहनमणि अधिकारीले जानकारी दिए ।

उक्त रकमसहित महाराष्ट्र प्रदेशको राइगट जिल्ला मुम्बई सिटी बस्ने ३३ वर्षीय सलमान कुरेसिया र सोही ठाउँका उमेश सखाराम खंडागलेलाई नियन्त्रणमा लिइएको अधिकारीले बताए ।

यसमा आवश्यक अनुसन्धान एवम् कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?