रोल्पा । रोल्पामा बालिका बलात्कार गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् ।
नेपाल राष्ट्रिय माध्यमिक विद्यालय हार्जङमा अध्यापनरत शिक्षक ठगेन्द्र खड्कालाई बालिका बलात्कार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो । शिक्षक खड्काले कक्षा ५ मा अध्ययनरत १२ वर्षीय बालिकालाई बलात्कार गरेको आरोप छ । घटना यही चैत्र १७ गतेको हो ।
पक्राउ परेका शिक्षकलाई अदालतबाट म्याद थप गराई थप अनुशन्धान गरिरहेको प्रहरीको भनाइ छ । शिक्षक खड्काले नाबालिकालाई विभिन्न प्रलोभनमा पारेर एकान्तमा बोलाएर बलात्कार गरेको आफन्त र स्थानीयको आरोप छ ।
घटनापछि स्थानीयवासी, अभिभावक तथा सरोकारवाला निकायहरूले दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । पीडित बालिकालाई न्यायसहित उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने उनीहरुको माग छ ।

