पाल्पाले डढेलो नियन्त्रणका लागि शुरु गर्याे साताव्यापी कार्यक्रम

पाल्पा । पाल्पामा डढेलो नियन्त्रण जनचेतनासम्बन्धी साताव्यापी कार्यक्रम चलिरहेको छ ।

१० वटै स्थानीय तहमा रहेका सामुदायिक वनका उपभोक्तामाझ सचेतीकरणको कार्यक्रम भइरहेको डिभिजन वन अधिकृत नारायणदेव भट्टराईले जानकारी दिए । वन उपभोक्ता सचेतीकरण, सर्वसाधारणमा सूचना प्रवाह, जोखिमयुक्त क्षेत्रमा विद्यालय शिक्षा, फोकल टिम गठन र परिचालनका साथै जोखिमयुक्त स्थानमा अग्निरेखा बनाउने काम भइरहेको छ ।

केही दिनअघि दुईपटक डढेलो लागिसकेको तानसेनस्थित श्रीनगरडाँडा वन क्षेत्रलाई डढेलोबाट जोगाउन अग्निरेखा बनाएर नियन्त्रित डढेलो लगाएको छ । वन कार्यालयको अगुवाइमा नेपाली सेना, सशस्त्र प्रहरीसँगै वन उपभोक्ता समितिका पदाधिकारीहरू छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?