लुम्बिनीमा अनलाइन टिकट

लुम्बिनी । लुम्बिनी विकास कोषले बुद्धजन्मस्थल लुम्बिनीको भ्रमणमा आउने पर्यटकका लागि आजदेखि अनलाइन टिकट प्रणालीको शुभारम्भ गरेको छ । लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तामाङले आज सो कार्यको शुभारम्भ गरे ।

मन्त्री तामाङले सूचना प्रविधिको विकासमा अनलाइनमार्फत टिकट काट्ने कार्यले पर्यटकलाई सहजता थप्ने विश्वास गरे । उनले यस कार्यले कुनै पनि प्रकारको अनियमितता रोक्दै संस्थालाई पारदर्शी र पर्यटकलाई सहयोग गर्ने बताए ।

कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले अनलाइनमार्फत टिकट काट्ने कार्यले लुम्बिनीमा आउने पर्यटकको सङ्ख्या समेत वृद्धि गर्ने विश्वास व्यक्त गरे । उनले लामो लाइन लागेर टिकट लिनुपर्ने बाध्यता अन्त्य गरी पर्यटकलाई सजिलो बनाउने काम गरिएको बताए ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले पर्यटकहरु लाइन लागेर टिकट काट्नुपर्ने समस्यालाई अन्त्य गरिएको बताए ।

लुम्बिनी विकास कोषको वेबसाइट ‘डब्लुडब्लुडब्लु डट लुम्बिनीडेभट्रस्ट डट जीओभी डट एनपी’ लगइन गरेर इटिकेट्समा गएपछि टिकट काट्न सकिन्छ ।

इटिकेस्मा गएपछि नेस्नालिटी, व्यक्तिको सङ्ख्या, गाडी वा ट्याक्सी, क्यामेरा र फिल्म सुटिङका लागि भए त्यो अप्सन छनोट गरेपछि तोकिएको मूल्य भिसा कार्ड, बैङ्क, इसेवा र खल्ती एपबाट तिर्न सकिने व्यवस्था मिलाइएको कोषका लेखा प्रमुख भीम बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?